कोशी प्रदेशमा अब सरकार कसको बन्ला ?

विराटनगर | साउन १६, २०८०

कोशी प्रदेशमा अब सरकार कसको बन्ला ?

विराटनगर:     कोशी प्रदेशमा नयाँ सरकार गठनको दाबी पेस गर्न प्रदेश प्रमुखले दिएको समयसीमा आज सकिँदैछ ।


आज बेलुकासम्म बहुमत सांसदको हस्ताक्षर जुटाउने दलका नेतालाई प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री बनाउनुहुनेछ । तर,बहुमत जुटाउन भने दलहरुलाई कठिन भइरहेको छ । 


राप्रपालाई फकाएर सरकार बनाउने प्रयास विफल भएपछि केन्द्रको सत्ता गठबन्धन अहिले प्रदेश सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर बहुमत पुर्याउने रणनीतिमा छ । तर, सभामुख गौतम भने मुख्यमन्त्रीको टुङ्गो नलागेसम्म तत्काल राजीनामा नगर्ने अडानमा हुनुहुन्छ ।


आज बेलुकासम्ममा बहुमतको सरकार गठन हुन नसके प्रदेश सभाको ठूलो दलको नेताको हैसियतमा एमालेका हिक्मत कार्की मुख्यमन्त्री बन्नु हुनेछ ।  गएको असार २१ गते मुख्यमन्त्री बनेका उद्धव थापाको नियुक्ति प्रक्रिया सर्वोच्च अदालतले बदर गर्दै नयाँ सरकार गठनका लागि आदेश दिएपछि नयाँ सरकार गठनको तयारी भएको हो ।


सर्वोच्चको आदेशपछि प्रदेश प्रमुख परशुराम खापुङले आजसम्म नयाँ सरकार गठनको आह्वान गर्नुभएको छ । ९३ सदस्यीय कोशी प्रदेश सभामा एमालेका ४०, कांग्रेसका २९, माओवादी केन्द्रका सभामुखसहित १३, राष्ट्रिय प्रजातन्त्र पार्टीका ६, एकीकृत समाजवादीका चार र जनता समाजवादी पार्टीका एक सांसद छन् । सभामुखबाहेक सत्ता गठबन्धनसँग ४६ सांसद छन् जुन बहुमतभन्दा एक मत कम हो । 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्